पिपलचौतारा–स्याउले सडक मर्मत

धनगढी, २३ असोज । धनगढी उप–महानगरपालिकाले फाष्ट ट्रयाक अन्तरगत पिपल चौतरा–स्याउले सडक खण्डको जोनापुर भयलु चौक सम्मको ७ किलो मिटर सडक मर्मत कार्य सम्पन्न गरेको छ ।

उप–महानगरपालिकाले असोज ७ गतेबाट मर्मतको काम सुरु गरेको थियो । खाल्टाखुल्टी पुर्ने र ग्रेडर लगाउने काम सम्पन्न भएको छ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, रोलर लगाएर पानी पिच सम्म गर्ने योजना बनाएका छौं । भदौ मसान्त सम्म खोलानालाको गिट्टी बालुवा बन्द भएको कारण समयमा मर्मत गर्न नसकेको बताए ।

नगरप्रमुअ वडले एकदुई दिन नदीमा जेसिवी र टिपर जाने बाटो बनाउनमै खर्चियो असोज ७ गतेबाट निरन्तर मर्मतको काम भैरहेको बताए ।

फाष्ट ट्रयाक निर्माण र मर्मतको जिम्मा प्रदेश सरकारको भएपनि धनगढी उप–महानगरपालिकाका नागरिकहरुले दुःख पाउने भएका कारणले उप–महानगरपालिकाले मर्मत कार्यलाई अगाडी बढाएको बताए ।

फाष्ट ट्रयाक निर्माण सेवा समितिका अध्यक्ष हेमबहादुर बिष्टले धनगढी उप–महानगरपालिकाले आफ्नो मात्रै नभएर गोदावरी नगरपालिकाको आधार किलोमिटर क्षेत्र समेत मर्मत गरेको बताए ।