कैलाली उद्योग वाणिज्य संघद्धारा दशैंको शुभकामना आदान प्रदान

कैलाली, १७ असोज । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा बडा दशैं तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बडा दशैं तथा तिहारको अवसरमा शुभकामना दिदै व्यवसायिक हकहीतका साथै सामाजिक क्षेत्रमा संघले गरेको कार्यको स्रहाना गरे ।

कार्यक्रममा ओम शान्ति ब्रह्मकुमारी ईश्वरीय विद्यालय धनगढीकी प्रमुख हिरा दिदीले बडा दशैंका अवसरमा निहत्था जनावरको बली चढाउने संस्कृतिको अन्त्य गर्न आग्रह गरिन । उनले बडा दशैंको अवसरमा निहत्था जनावरलाई नभई गलत आचरणलाई बलि चढाउन सबैलाई आग्रह गरिन ।

संघका अध्यक्ष पुष्पराज कुँवरले स्वागत मन्तव्य व्यक्त गर्दै सबैलाई दशैंको शुभकामना दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरी, कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले शुभकामना मन्तव्य व्यक्त गरे ।

संघका महासचिव ओम बिष्टले सञ्चालन गरेको कार्यक्रमका सहभागीहरुलाई संघका प्रथम उपाध्यक्ष पुष्कर ओझाले धन्यवाद ज्ञापन गर्नुका साथै बडा दशैंको शुभकामना दिए ।