दशैंमा बाटोकै कारण कुनैपनि गाडी दुर्घटना नहोस्ः कैलारी गा.पा. अध्यक्ष

कैलाली, १५ असोज । दशैं नजिकिदै गर्दा कैलारी गाउँपालिका क्षेत्रभित्रका मूल बाटो र भित्रि बाटो मर्मत सम्भार कार्य भईरहेको छ । वर्षातले बिग्रेको बाटो मर्मत सम्भार कार्य दशै अगावै सम्पन्न हुने कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।

उनले भने ‘दशैंमा बाटोकै कारण कुनैपनि गाडी दुर्घटना नहोस् भन्ने उदेश्यका साथ बाटो मर्मत सम्भारका काम चलिरहेका छ ।’ मर्मत सम्मभारमा वर्षभरिको बजेट ४४ लाख ६७ हजार रुपैया बजेट प्रदेश सरकारले छुट्त्याएको चौधरीले बताए ।

हाल बैसपुरदेखि बसन्ता हुँदै रामपुर सम्मको रामप्रदास पलपरिया मार्ग र ९ वटै वडाको भित्रि बाटो मर्मत सम्भार कार्य सम्पन्न भईसकेको छ भने लौसादेखि बसौटी सम्म विनोद मार्ग, मुदादेखि सुर्मी सम्म छिमान्नद महत्तो मार्ग मर्मत भईरहेको अध्यक्ष चौधरी बताए । सो बाटो छिट्टै नै सम्पन्न हुने उनको भनाई छ ।