मन्त्री वोहराद्वारा वडा कार्यालय उद्घाटन
गौरीगंगा, १४ असोज । सुदूर पश्चिम प्रदेशको भौतिक निमार्ण तथा योजना मन्त्री पठान सिंह बोहराले गौरीगंगा नगरपालिका वडा नम्बर १० को वडा कार्यालय उद्घाटन गरेका छन् ।
आर्थिक वर्ष २०७५०७६ मा ३२ लाखको वजेटमा सो भवन निर्माण भएको छ । उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिका नगर प्रमुख भीम बहादुर देउवा, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र बहादुर शाह, ६ का वडा अध्यक्ष कमला शर्मा , ७ का वडा अध्यक्ष दल बहादुर कुमाल , ८ का वडा अध्यक्ष तुलाराम सपकोटा, ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारी लगातका सहभागिता थियो ।













