गौरीगंगामा थारु वडघर समिति गठन
कैलाली, १४ असोज । कैलालीको गौरीगंगा नगरपालिमामा थारु वडघर समिति गठन गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का रामबिलास चौधरीको अध्यक्षमा ११ सदस्यीय समिति गठन गरिएको हो।
सदस्यहरुमा कृष्णप्रसाद चौधरी, सुरेश चौधरी, धनीराम चौधरी, भागीराम चौधरी, रोजबहादुर चौधरी, फुल राम चौधरी, छेदु राम चौधरी, प्रदेशु चौधरी र खुशीराम चौधरी चयन भएका छन्। गौरीगंगा नगरपालिकामा रहेका भलमन्सा, चौकीदार, गुरुवाहरुको पहिचान गर्ने र नीतिगत व्यवस्था गर्ने निर्णय समेत भएको छ। कानूनी मान्यताका लागि पहल गर्ने निर्णय भएको छ ।
बैठकले नगरपालिकाका प्रत्येक वडामा देउथान निर्माण गर्ने, संग्रहालय निर्माण गर्ने, वडघर, भल्मन्सासंगको समन्वयमा प्रत्येक टोलहरुमा पनि समिति विस्तार गर्ने लक्ष्य रहेको राम विलास चौधरी बताए।
गौरीगंगा नगरपालिकाको वडा नम्बर १० उदासीपुर थारु देउथानमा प्रथम नगर भेला पनि सम्पन्न भएको छ । भेलाले थारु गुरुवा बैदवा सेवा समिति बनाएको छ ।













