खेलको शुरुवाटमा निर्माण व्यवसायी विजयी
कैलाली, १४ असोज । केटीएम बाइक अन्तर संघ फुटबल प्रतियोगिता सुरु भएको छ । नैनादेवी युवा क्लबको आयोजनामा अन्तर संघ फुटबल प्रतियोगिता सुरु भएको हो । सोमबारदेखि असोज १८ गतेसम्म धनगढी रंगशालामा अन्तर संघ फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको धनगढी उप महानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले उद्घाटन गरिन् ।
प्रतियोगिताको उद्घाटन खेलमा निर्माण व्यवसायी संघ कैलाली विजयी भएको छ । निर्माण व्यवसायी संघले इटा व्यवसायी संघलाई ८–० ले पराजित गरेको छ । निर्माणका लागि गन्जबहादुर केपछाकीले एक्लै दोहोरो ह्याटिक सहित ७ गोल गरे भने विक्रम विष्टले एक गोल थपे ।
प्रतियोगिता अन्तर्गत आज लिग चरणका चार खेल हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित टफी र मेडल पाउनेछन् । प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टिमको सहभागिता रहेको छ ।
समूह ए मा कैलाली जिल्ला फुटबल संघ, निर्माण व्यवसायी संघ, ईटा व्यवसायी संघ र कैलाली उद्योग वाणिज्य संघ ररहेका छन् । समूह बी मा नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, धनगढी उपमहानगरपालिका, बैंैंकर्स क्लब धनगढी र निजामति कर्मचारी संघ रहेका छन् ।













