हार्डवेयर प्रदर्शनी मेला शुरु
धनगढी, १२ असोज । धनगढीमा आइतबारबाट निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी सुरु भएको छ । कैलाली हार्डवेयर व्यवसायी सङ्घको आयोजनामा आइतबारबाट सुरु भएको हार्डवेयर प्रदर्शनी मेला १५ गते सम्म चल्ने छ ।
प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उद्घाटन गरेका छन् । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ५० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको आयोजक कैलाली हार्डवेयर व्यवसायी सङ्घका अध्यक्ष सुरेन्द्र राठीले बताए ।
मेलामा सरिया, सिमेन्ट लगायतका हार्डवेयर तथा निर्माणसँग सम्बन्धित नेपाल, भारत, चीन र बङ्गलादेशका कम्पनीहरूले सहभागिता रहेको छ । मेलामा ७० वटा स्टल रहेका छन् ।













