युवाहरु द्धारा शिवपुरीधाम परिसर सरसफाई
असोज ११, धनगढी । विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषद कैलाली शाखाले आयोजना तथा विभिन्न युवा संस्थाहरुको सहकार्यमा शुक्रबार धनगढी स्थित शिवपुरीधाम परिसरमा सरसफाई गरिएको छ ।
कार्यक्रममा उपस्थित धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले व्यक्तिगत, पारिवारिक तथा वातावरणिय सरसफाई गर्न एकदमै आवश्यक रहेको बताए । युवा देशका शक्ति हुन्, र देश विकासका लागी युवा नै अगाढी बढ्नुपर्ने उनले बताए ।

कार्यक्रमको संचालन गर्दै बागेश्वरी असल शासन क्लब (बास कैलाली) का अध्यक्ष पाण्डव पुजाराले हरेक रोगहरु फोहोरकै कारणले लाग्ने भएका कारण सरसफाई गर्न आवश्यक रहेको बताए ।
दारी ग्याङ धनगढीका सदस्य चुडामणी दाहालले सरसफाई मानविय जिवनमा अत्यावश्यक भएको भन्दै आफ्नो घर आगन वरीपरि सबैले सफा गरे वातावरण सफा हुने बताए ।
नेपाल युवा परिषदका सुदूरपश्चिम सदस्य अर्जुनराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशी, सहयोगी हातहरुका सदस्य अविनाश गुरागाई, नेपाल युवा परिषद सदस्य, कल्पना भाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सरसफाई कार्यक्रममा ७६ जना युवाहरुको सहभागीता रहेको थियो ।युवाहरुले विहान ७ बजे चौराहबाट शिवपुरीधामसम्म र्याली निकालेका थिए ।













