समिक्षा महिला विकासमा उर्मिला
धनगढी, १० अशोज । श्री समिक्षा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा उर्मिला चौधरी चयन भएकी छन् ।
सहकारीको १३ बार्षिक साधारण सभाले अध्यक्ष सहित ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बिष्णु चौधरी, सचिवमा कृपा चौधरी, सहसचिवमा सुलोचना चौधरी र कोषाध्यक्षमा मुसम्फी चौधरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः बिना चौधरी, दीलदेवी चौधरी, छुनिया चौधरी, मुन्नी चौधरी र बेचनी चौधरी रहेको छन् । कैलारी गाउँपालिका वडा नं. ७ अन्र्तगत रहेको सहकारीमा ७१२ जना महिला सेयर सदस्य रहेका छन् ।
सहकारीको बार्षिक साधारण सभामा आर्थिक वर्ष २०७५÷०७६ को करिब २ करोड रुपैया बराबरको आयव्यय प्रस्तुत भएको थियो । कार्यक्रम सहकारीको निवर्तमान अध्यक्ष कलावति चौधरीको अध्यक्षतामा भएको थियो ।













