घोडाघोडी नगरपालिका शैक्षिक हबकोरुपमा विकास हुन्छः नगरप्रमुख

धनगढी, १० असोज । घोडाघोडी नगरपालिकाले शिक्षा क्षेत्रमा मात्रै साढे चार करोड लगानी गरिरहेको नगर प्रमुख ममता प्रसाद चौधरी बताए । उनले आर्थिक वर्ष २०७६/२०७७ को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाईलाई लक्षित गरि घोडाघोडी नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्न उक्त रकम लगानी गर्न लागेको बताए ।

शिक्षा क्षेत्रकोलागी छुट्याएको बजेटले शैक्षिक सामाग्रीमा मात्रै खर्च गर्ने उनले बताए । घोडाघोडी नगरपालिका भित्रका स्कुलहरुलाई नमुना बनाउन र पढाईलाई गुणस्तरिय बनाउन शैक्षिक क्षेत्रमा लगानी अति आवश्यक हुने प्रमुख चौधरीको भनाई छ ।

उनका अनुसार घोडाघोडी नगरपालिकामा आर्थिक वर्ष २०७५ सालमा मात्रै ७५ जना झण्डिएर आत्महत्या गरेको तथ्यांक सार्वजनिक भयो । जसमा थारुसमुदायका ६० जना, ३ जना दलित र २ जना क्षेत्री रहेका थिए । आत्म हत्या गर्नेहरुको एसईई देखि प्लस टु (टिन एज) गु्रपको रहेकोले नगरभित्रका यूवापुस्तालाई फरक शिक्षा उपलब्ध गराउने आवश्यक महशुस गर्दै शिक्षा क्षेत्रमा लगानी गरेर सबैको मनोबल बढ्ने शिक्षा दिन आवश्य रहेको बताए ।

नगरप्रमुख चौधरीले सामाजमा शिक्षा नभएकै कारण दिनप्रतिदिन अविकास, कुरीति, पछैटेपन, बालविबाह जस्ता घटनाहरुले काम गर्न थप चुनौती बढ्को बताए । यस्ता समस्यालाई मध्ये नजर गरि पढेलेखेकालाई जागरिमा मात्रै सिमित नराखि उत्पादन क्षेत्र तर्फ उन्मूख हुने शिक्षा, लोकसेवा तयारी कक्षा, यूवा पुस्तालाई एसईई पछि के पढ्ने, कहाँ पढ्ने पढि सकेपछिको फाईदा के भन्ने विषयमा शैक्षिक परामर्श जस्ता अभियाहरु सञ्चालन गरिएको बताए ।

नगरपालिकाले १२ वटै वडामा अधारभूत तहमा नमुना सहयोग भनेर ५ लाखका दरले ६० लाख रुपैयाँ र मावि तहमा ४ वटा विद्यालयलाई नमुना विद्यालय बनाउन १० लाखका दरले ४० लाख रुपैया बजेट विनियोज गरेको बताए ।

साथै संघिय सरकारले सात वटै प्रदेशम एक÷एक वटा विशेष शिक्षा विद्यालय सञ्चालनकोलागि प्रति विद्यालयलाई ४० करोडमा आवाशिय विद्यालय सञ्चालन गर्ने योजना बनाएको छ, जसमा सुदूरपश्चिममा राष्ट्रिय मावि सुखडमा सो विद्यालय सञ्चालन गर्ने योजना परेको बताए । उनले उक्त विद्यालयमा सबै खाले अपांगता भएको विद्यार्थीहरु आवशिय भएर पढ्न पाउने छन् ।

विशेष शिक्षा विद्यालय सञ्चालनको लागि दुई करोड रकम आईसकेको र उक्त विद्यालयकोलागि यहि वर्ष २०७६ असारमा भवन शिल्यानस भई काम शुरु भईसकेको सूचना अधिकृत उमेशराज रेग्मीले जानकारी दिए ।