टेकबहादुर चोखाल निर्धाका नेता थिएः उप–प्रमुख भट्ट

धनगढी, १० असोज । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सु्शीला मिश्र भट्टले स्वर्गिय टेकबहादुर चोखाल निर्धाको नेता भएको बताएकी छन् ।

टेकबहादुर चोखाल स्मृती कप वडा स्तरीय फुटसल प्रतियोगिताको समापन गर्दै उप–महानगरपालिका उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । स्वर्गिय नेता चोखाल न्यायका पक्षमा बोल्ने खुला मनको नेता हुनुहुन्थ्यो उप–प्रमुख भट्टले भनिन्, बहाँ जहिले पनि कमजोर बर्ग, समुदाय र ब्यक्तिका पक्षमा बोल्नु हुन्थ्यो ।

नेता चोखालको राजनितिक र सामाजिक क्षेत्रमा ठूलो योगदान रहेको उप–प्रमुख भट्टले बताईन । स्वर्गिय नेता चोखाल क्षमतावान वकिल पनि हुनुहुन्थ्यो उप–प्रमुख भट्टले भनिन्, अन्यायमा परेकाहरुलाई न्याय दिलाउन लाग्नु भएको थियो । राजनितिक रुपमा स्वर्गिय नेता चोखालको झनै ठूलो योगदान रहेको उप–प्रमुख भट्टले वताईन् । प्रजातन्त्रका लागि पटकपटक जेल जिवन बिताउनु भएका नेता चोखालको योगदानको आफुहरुले सधै कदर गर्ने पनि उप–प्रमुख भट्टले बताईन ।

स्वर्गिय चोखाल नेपाली कांग्रेसका नेता थिए । २०४८ सालमा कैलाली क्षेत्र नं ४ बाट निर्वाचित नेता चोखाल नेपाली कांग्रेसका सचेतक पनि बनेका थिए । २०५१ सालको मध्यावती निर्वाचनका सोही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । २०५६ सालमा पुनः निर्वाचित चोखाल कानुन मन्त्री बनेका थिए । २०६३ सालका ह्दयघातका कारण नेता चोखालको मृत्यू भएको थियो ।