‘यूवाको भूमिका स्थानीय संस्कुतिलाई प्रथामिता दिनु हो’
धनगढी, ९ असोज । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार तथा शिक्षा विद डा.हेमराज पन्तले यूवाको भूमिका स्थानीय कलासंस्कृतिलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नु गरे ।
बिहिबार धनगढीमा इन्सेकले आयोजना गरेको स्थानीय तहको विकासमा यूवाको भूमिका विषयक कार्यक्रममा डा. पन्तले यस्तो बताएका हुन् । उनले भने स्थानीय तहलाई शुसान तथा जबाफदेही बनाउनमा यूवाहरुको ठूलो भूमिका हुने गरेको बताए ।
नेपालमा विभिन्न जातजातीहरुको आफ्नै भाषा कला संस्कृति रहेपनि सरकारले सबैलाई एउटै कल्चरमा बाँधेको कारण नेपालीहरु आर्थिकरुपले सशक्त हुन नसकेको बताए । पछिल्लो अवस्थामा आदीवासीहरुको कला संस्कृतिसंगै बाह्रमण र ठकुरीहरुको पुर्खौली भाषा कला संस्कृतिमाथि अतिक्रमण भईरहेको डा. पन्तको भनाई थियो ।
उनले आर्थिक शसक्तिकरणकोलागि स्थानीय तहले समुदायको मागको आधारमा उद्यमशिलताको विकास गर्न जरुरी रहेको बताउदै यूवाहरुले पनि नयाँ प्रविधिको प्रयोग गरेर अर्थिकरुपमा फड्को मार्न सक्ने योजना निर्माण गर्न आवश्यक रहेको बताए ।
कर्यक्रममा राष्ट्रिय यूवा नीति तथा युथ भिजन २०२५ मा उल्लेखित विषयहरुमा छलफल भएको थियो । साथै यूवा स्वरोजगार, शिक्षा नीति र स्थानीय सरकार, सरकारले शिक्षामा गरेको लगानीको प्रतिफल र प्रभावको बारेमा छलफल भएको थियो ।
साथै स्थानीय तहलाई जवाफदेही बनाउन यूवाको भूमिका कस्तो हुनुपर्ने, योजना छनौट प्रक्रियामा यूवाहरुके सहभागिताको अवस्था तथा सहकार्य र समन्वय कस्तो छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा इन्सेकका प्रबन्धक श्रीराम बज्गाई, इन्सेक सुप संयोजक खडक राज जोशी, सुदूरपश्चिम प्रदेश यूवा परिषदका पदाधिकारी, संघ संस्थाका प्रतिनिधिहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो ।













