शिक्षण संस्था भित्र राजनीति हुनुहुदैन : डा.आरजु
धनगढी, ८ असोज । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले शिक्षण संस्था भित्र राजनीति नगर्न सुझाव दिएका छन् ।
ऐश्वर्य बहुमुखी क्याम्पसले आयोजना गरेको गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) बधाई तथा दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रमा बोल्दै नेतृ देउवाले यस्तो बताएकी हुन् ।
नेतृ देउवाले भनिन्, ऐश्वर्यले क्यूएए पाउनुको अर्थ यहाँ पढाईको गुणस्तर र ब्यबस्थापकिय पक्ष राम्रो छ भन्ने हो । ऐश्वर्य बहुमुखी क्याम्पसलाई आवश्यकता अनुसार सहयोग गर्न आफु तयार रहेको बताईन ।
सुदूरपश्चिम विश्य विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले ऐश्वर्य गुणस्तरीय शिक्षा दिने शिक्षण संस्था रहेको बताउँदै गुणस्तरीयताको प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा बधाई दिए । यसको अवधी ५ बर्ष हुन्छ । रिन्यूका लागि फेरी प्रकृयामा जानुपर्छ उनले भने ।
धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख नृपबहादुर वडले क्यूएए प्राप्त गर्ने अवस्था सम्म पु¥याउने सबै प्रति आभार प्रकट गरे । ऐश्वर्य बहुमुखी क्याम्पस देशमै क्यूएए पाउने ३७ औं क्याम्पस भएको बताए ।













