सामुदायीक विद्यालयका दुई हजार विद्यार्थीलाई झोला

धनगढी, ८ असोज । धनगढी उप–महानगरपालिका भित्रका सामुदायीक विद्यालयका २ हजार भन्दा बढी बालबालिकाहरुलाई झोल लगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

नगरपालिका र ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) , सफा सुनौलो नेपालको समन्वय र चाईना फान्डेसनको आर्थिक सहयोगमा २ हजार १ जना विद्यार्थीहरुलाई झोला र अन्य पाठ्य समाग्रीहरु वितरण गरिएको हो ।

झोला लगायतका सामाग्रीहरु रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा, धनगढी उप–हानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका थिए । झोला वितरण गर्न डाक्टर देउवा धनगढी उप–महानगरपालिका १ को सरस्वती आधारभूत विद्यालय र वडा नं ३ को त्रिभुवन माध्यामिक विद्यालय बोराडाडीमा पुगेकी थिईन ।

कार्यक्रम अन्तरगत उप–महानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका १५ वटा सामुदायीक विद्यालयका बालबालिकालाई झोला तथा पाठ्य समाग्री हस्तान्तरणको कांग्रेस नेतृ देउवाले बताईन । यसले सामुदायीक विद्यालयका बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा राखेको पनि नेतृ देउवाले बताईन ।