सामाजिक सेवा दिवसमा दृष्टि फाउण्डेशनलाई खाद्यन्न सहयोग
धनगढी, ६ असोज । ४० औ सामाजिक सेवा दिवसको अवसरमा धनगढी स्थित दृष्टि फाउण्डेशन नेपाललाई नगद सहित कपडा र खाद्यन्न सहयोग गरिएको छ ।
सहयोग गर्ने विभिन्न संघ संस्था र व्यक्तिगतहरुले मिलेर १५ हजार ९ सय ६० रुपैयाको खाद्यन्न १७ हजार ९ सय नगद हस्तान्तरण गरेका हुन् ।
गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिव धर्मराम पाठक दृष्टि फाउण्डेशन नेपालको अध्यक्ष कल्पना भट्टलाई नगद र खाद्यन्न हस्तान्तरण गरेकाथिए ।

फाउण्डेशनलाई मासको दाल ५ किलो, चिउरा १० किलो, तोरीको तेल १० लिटर, दालमोट ५ पकेट, लुगा धुने साबुन २० वटा सरफ ५ किजी, नुहाउने साबुन साबुन २ दर्जन, चिनी १० किजी, सुजी एक बोरा, चाउचाउ एक पेटी, हरपिक दुई, नुन पाँच किजी, मसला ७ पाकेट, खुर्सानी धुलो आधा किजी हस्तान्तरण गरेका थिए ।
त्यस्तै गरि प्याड, म्याक्सी उपलब्ध गराइएका थिए । सहयोग गर्नु भन्दा पहिला धनगढीको पार्क मोडदेखि क्याम्पसरोडको गुरही चोक सम्म प्रभातफेरी कार्यक्रम गरेका थिए । फाउन्डेसनले २७ जना महिलालाई उद्धार गरेर सेल्टरमा राखिएको छ ।













