सखिया नाचेर दशैलाई स्वागत गर्ने तयारी

धनगढी, ६ असोज । थारु बाहुल क्षेत्र कैलारी गाउँपालिका वडा नं. ३ उत्तरभररीका महिलाहरु सखिया नाचेर दशैलाई स्वागत गर्ने तयारीमा जुतेका छन् । सखिया नाचकोलागि यहि असोज ३ गते गाउँको भलमन्सा छोटेलाल चौधरीको नेतृत्वमा ट्रासन ठोकेका (नाचको लागि मादलको धुन दिएको) छन् ।

गाउँमा ट्रासन ठोकिसकेपछि तयारीकोलागि हरेक दिन गाउँमा महिलाहरु भल्मन्साको घरमा नाच नाच्नुपर्छ, त्यहि विश्वासलाई फ्लो गर्दौ त्यहाँ महिलाहरु साँझा २ घण्टा नाच्ने गरेको भल्मसाको भनाई छ ।

ट्रासन ठोक्ने क्रममा गाउँको बड्का गुरुवाले (सबै भन्दा ठूलो गुरुवा) देवतालाई जल, पानी दिएर पुजा गर्ने परम्परागत चलन छ, यसो गर्दा गाउँमा दुश्मनहरु भित्रिनबाट जोगिने, एकअर्का प्रतिको मेलमिला कायम हुनुको साथै नाच्ने सहभागीहरुको रक्षा गर्न ट्रासन ठोक्न आश्वक हुने चौधरीले बताए ।

भल्मन्सा चौधरीले भने पछिल्लो अवस्थामा गाउँमा यसरी नाच्ने गाउँने कला संस्कृति लोप भईसकेको छ । दशैंको बेला डिजेमा नाचेर रामाईलो गर्दछन् तर यो वर्ष उत्तरभररीमा पुर्खाहरुले जसरी रमाईलो गर्थे त्यसैगरि रमाउने योजना रहेको बताए ।

सखिया नाच्नेबेला गाउँने गित पनि छुट्टै हुन्छ, गाउँका महिलाहरु गितपनि गाउँने तयारी गरिरहेका छन् । उहाँहरु घटस्थापनाको दिनदेखि थारु ड्रेसमा सजिएर नाच्ने प्रतिबद्धाता सहित तयारीमा जुटेका छन् ।

त्यस्तै थारु होमस्टे गाउँ भादामा दशैको विदामा घुम्न आउँने पाहुनाको स्वागतकालागि सखिया नाचको तयारी गरिरहेका छन् । उहाँहरु पनि घरको काम सकेर साँझा ढेर दुई घण्टा महिलाहरु भेला भएर नाच्न शुरु गरिसकेको बताउछन् होमस्टेका संयोजक तथा धनगढी उपमहानगरपालिका १८ वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरी ।

भदा होमस्टेमा असार साउन तिर मौसमले साथ नदिएको कारण पाहुनालाई नाचगानबाट स्वागत गर्न सकिदैन । अहिले मौसम राम्रो छ जसले गर्दा आजभोली होमस्टे घुम्न आएका पाहुनालाई सखिया नाच, लठ्ठि नाच, झुम्रा नाच लाचेर मनोरञ्जन दिईरहेका हुन्छन् ।

गाउँघरमा सखिया झुम्रा ननाचेपछि चाडपर्व खल्लो हुने गर्दछ । सखिया छुट्टै उत्साह र उमंग हुन्छ । दशैको बेला सखिया नाच्न आएपछि घरमुलीले गच्छ अनुसारको दाम दिइ पठाउने चलन छ । सखिया नाचिने थारु गाउँमा दशै भरी निकै रौनकता हुन्छ । अरुबेला दिनभरीको काम सकेपछि साँझपख नाचिने सखिया नाच दशैमा भने दिनभरी नाच्ने गरिन्छ ।