संविधान संशोधनको माग राख्दै चौथो वर्षपनि संविधान जलाइयो

धनगढी, ३ असोज । संविधान जारी भएको चौथो वर्षपनि असन्तुष्ट पक्षले असोज ३ कालो दिन भन्दै संविधान जलाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयुक्त आयोजना संविधान संशोधनकोलागि टाउँको कालो पत्ति बाधेर संविधानका धारा र उपधारालाई जलाइएका हुन् ।

संविधान जारी भएको तिन वर्ष पुरा भएको अवसरमा सरकारले भव्यताका साथ विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाई रहेको बेला । संविधान निर्माणकै क्रमबाट आन्दोलनमा होमिएका थरुहट पक्षधरले संविधानको धारा ३८,४२, १८, ५६, र २७४ को अनुसूची ४ जलाईएका थिए ।

थरुरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव थारुले अपुरो संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने भन्दै थारु, आदिबासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टी नहुन्जेल सम्म संविधानलाई जलाई राख्ने बताए । उनले अनूसुचि ४ मा सिमांकनको कुरा उल्लेख भएकोले अखण्ड सुदूरपश्चिमको सीमांकन अबैज्ञानिक भएको अनुसूचि जालाएको समेत बताए ।

२०७२ साल असोज ३ गते रक्ताम्य संविधान जारी भएको संविधानको पक्रिया नै गलत रहेको बताउदै सरकारले संविधान संशोधन गरेर ‘सबैको संविधान मेरो संविधान’ बनाई दिन माग समेत गरेका थिए ।

त्यसै गरि पूर्व सभासद कृष्ण थारुले संविधान संशोधन गरि सबै जनताको अपनत्व हुने संविधान बनाउन आग्रह गरे । ‘विगतमा एउटा श्रीपेच भएको राजाले देश चल्थ्यो आज यो संविधानले १००औं श्रीपेच लगाएको राजा जन्माएको छ, यस्तो संविधान हामीलाई चाहिन्दै’ भन्दै आक्रोश व्यक्त गरे ।

थारु, मधेसी, दलित लगायतका जनजाति समुदायका नागरिकहरूको हक अधिकार ग्यारेन्टी भएको संविधान हुनुपर्छ, न कि राज्यले एउटा पक्षलाई पक्षपोषण र अर्को पक्षलाई दमन गर्ने संविधान कुनैपनि हालतमा स्वीकार नहुने बताए ।

सबैलाई न्यायिक हुने संविधानको माग गर्दै टिकापुर घटना घटेको हो, । एउटा पक्षलाई अन्याय गरेर आन्दोलनको बाबजुटपनि २०७२ असोज ३ गते जारी भयो । थारुहरु आन्दोलनमै होमिएको कारण माग मुद्धा पुरा नहुन्जेल असोज तीन कालो दिन मनाउन नछोड्ने बताए । त्यसै गरि आज साँझा ७ देखि ७ः३० बजे संविधान नमान्नेहरु घरको बत्तिको स्यूच अफ गर्ने कार्यक्रम रहेको छ ।