प्रमुख जिल्ला अधिकारी रिजाल सुप्रबल जनसेवाश्री तृतीय बिभुषित

धनगढी, ३ असोज । सरकारले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई सुप्रबल जनसेवाश्री तृतीय बिभुषित गर्ने निर्णय गरेको छ ।

कैलालीका पूर्व जिल्ला अधिकारी रिजाललाई रौतहट, दाङ र कैलालीमा छदा शान्ति सुरक्षा कायम गर्न ईमान्दारीता,लगनशिलता र कुशलतापूर्वक प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरे वाफत संविधान दिवसको अवसरमा सुप्रबल जनसेवाश्री तृतीयबाट बिभुषित गरिएको हो ।

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति कार्यालयले प्रमुख जिल्ला अधिकारी रिजाललाई सो पदकबाट बिभुषित गर्ने निर्णय गरेको हो ।कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घट्नामा ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

टीकापुर बजारमा कर्फयू लागेकै क्रममा थारुहरुको घर छानी छानी जलाइएको थियो । जुन घटनाले कैलालीमा एकदमै शम्बेदनशील थियो । रिजाल असहज परिस्थितिलाई मत्थर पारी शान्तिपूर्ण रुपमा निर्बाचन गराउन सफल भएका थिए ।