साहित्य लेखन तथा पत्रकारिता सम्मानको उपाधी राईलाई
खोटाङ, ३० भदौं । नागरिककर्मी श्रीराम राईले इडन ब्रिज एकेडेमी बाल साहित्य पत्रकारिता सम्मान पाएका छन्। बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याएको मा उनलाई काठमाडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य पत्रकारिता सम्मान प्रदान गरेको हो।
हाल साहित्य लेखन र पत्रकारितामा क्रियाशिल राईलाई आइतबार टोखा नगरपालिका–४ धापासीका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार प्रदान गरेका छन्। १० वर्षे शिक्षण पेशा छाडेर काठ्माडौं छिरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राईको बालकथा संग्रह ‘टोली नेता’ २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित छन्। बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै शसक्त छन्।
यस्तै, इडन ब्रिज एकेडेमीले काभ्रेपलाञ्चोक पनौतीकी कवि तथा कथाकार तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान प्रदान गरेको छ। नेपाली साहित्यमा ओझेलमा परेको बाल साहित्यको उत्थान र विकासमा पुयाएको योगदानको कदर गर्दै एकेडेमीले कवि तथा कथाकार केसीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार सहित सम्मान गरेको हो।
‘तारापुञ्ज’ कविता संग्रह २०६७, ‘फूलबारी’ बाल कविता संग्रह २०७०, फिन्को र स्टोरी बाल कथा संग्रह २०७४ लगायतका आधा दर्जन बढि साहित्यीक कृति पाठकमाझ ल्याएर बालशुलभ साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप केसीलाई सम्मान गरिएको एकेडेमीले जनाएको छ। केसी लिलाध्वज साहित्य प्रतिष्ठानद्धारा आयोजित कविता प्रतियोगीता २०७३ मा उत्कृष्ट कविता पुरस्कार, वसन्त काव्य पुरस्कार २०७५ लगायतबाट पुरस्कृत तथा सम्मानित भइसकेकी छन्।













