बाल दिवसको अवसरमा एभरेष्टद्धारा वक्तृत्वकला प्रतियोगितामा छात्रा प्रथम
अत्तरीया, २९ भदौं । एभरेष्ट एकेडेमी अत्तरीयाले विद्यालय स्तरीय वक्तृत्वकलामा छात्रा प्रथम भएका छन् । विद्यालयले राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा वक्तृत्वकला आयोजना गरिएको हो । वक्तृत्वकलाको प्रतियोगिताको शिर्षक “बाल अधिकार : चुनौती र समाधानका उपायहरु” रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेमा एभरेष्ट एकेडेमीका सहभागी छात्रा मनीषा विष्ट, द्धितिय र तृतीय स्थान हासिल गर्नेहरुमा सैनिक आवसीय महाविद्यालयका क्रमशः छात्रा मोनिका बिष्ट र छात्र सन्देश साउँद रहेका थिए । साथै सान्तवना स्थान हासिल गर्नेहरुमा लोटस आई माध्यमिक विद्यालयका छात्रा मनिषा खडका र सरस्वती माध्यमिक विद्यालय गेटाका छात्रा नितिका महरा रहेका थिए । विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितमा गोदावरी नगरपालिकाका १० वटा विद्यालयका २० जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी हुने बिद्यालयहरुमा सैनिक आवसीय महाविद्यालय तेघरी, दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय दहल, जनकल्याण माध्यमिक विद्यालय तेघरी, लोटस आई माध्यमिक विद्यालय अत्तरीया, जेके माध्यमिक विद्यालय अत्तरीया, जेके माध्यमिक विद्यालय अत्तरीया, खप्तड विद्या निकेतन माध्यमिक विद्यालय मालाखेती, गुहेश्वरी माध्यमिक विद्यालय बसन्तपुर, विद्याभुषण माध्यमिक विद्यालय गेटा, सरस्वती माध्यमिक विद्यालय गेटा लगायत आयोजक एभरेष्ट एकेडेमी अत्तरीया रहेका थिए ।
प्रतियोगितालाई निष्पक्ष ढंगले मुल्याङ्कन गर्न तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो । जसमा नेपाली विषयका विज्ञ धन वहादुर खडका, अंग्रेजी विषयका विज्ञ टेकराज भट्ट र शिक्षाविद हरिश डीसी रहनु भएको थियो । बक्तृत्वकला प्रतियोगिता एभरेष्ट एकेडेमीका प्रिन्सिपल बन्सी चौधरी ९स्माइल०को सभापतित्व र गोदावरी नगरपालिका कैलालीका उप सचिव बसन्त कुमार खत्री प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।













