स्क्रब टाइफसको संक्रमण बढ्दै, एक महिनामा विरामीको संख्या ४४ पुग्यो
डडेल्धुरा, २९ भदौ । सुदूरपश्चिम प्रदेशका सात वटै पहाडी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिन थालेको छ । पछिल्लो १ महिनाको अवधिमा ४४ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले जानकरी दिए । उनले अस्पतालमा चेकजाँच गर्न आउने धेरैजसो बिरामीमा स्क्रब टाइफसको लक्षण देखा परेको बताए ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा अहिले दैनिकजसो स्क्रब टाइफसको लक्षण देखिएका विरामी भेटिएको डडेल्धुरा अस्पतालमा कार्यरत डा. जीवन खरेलले बताए । ‘डडेल्धुरा अस्पतालमा डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुलालगायतका जिल्लाका बिरामी आउने गरेका छन् । स्क्रब टाइफस रोग संक्रमण भइ गम्भीर भएका ५ जनालाई डडेल्धुरा अस्पताले रेफर गरेको डा. खरेलले बताए ।
पछिल्लो समय प्राणघातक रुपमा फैलिएको स्क्रब टाइफस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्ने गरेको छ । स्कोब टाइफस रोग लागेमा ज्वोरो आउने, मांशपेशी, दुख्ने अत्यधिक टाउको दुखने, छमछमति पसिना आउने खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुराका डा. उत्तम भट्ट बताउँछन् ।













