गहुँ सुपरजोनको सार्वजनिक सुनुवाई
कैलाली, २७ भदौ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कैलालीको आयोजनामा गहुँ सुपरजोनको सार्वजानिक सुनुवाई सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाई कैलाली आर्थिक वर्ष २०७५/०७६ को प्रगतिको सार्वजानिक सुनुवाई तथा आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाई कैलालीका प्रमुख वरिष्ठ कृषि अधिकृत टीका थापा सुपरजोनबाट भए गरेका क्रियाकलाप सिप विकास तथा क्षमता अभिवृद्धि कृषक तालिम, मेसिनरी औजार उपकरण मर्मत सम्भार तालिम, चक्लाबन्दीमा आवद्ध भई खेती गर्ने कृषकहरुलाई अनुदान, विज वृद्धिका लागि अनुदान लगायत कार्यक्रममा ३ करोड बढी खर्च भएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष लाजु राम चौधरी रहेका थिए । कार्यक्रममा विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु रहेका थिइन् । कार्यक्रममा कैलारी गाउपालिकाका १ देखि ९ सम्मका वडा अध्यक्ष वडा सदस्य, कृषक, सञ्चालक समिति लगायतका सहभागी थिए ।
यसै बिच कार्यक्रममा आ।व। २०७६/०७७ मा गहुा सुपरजोनबाट ३० वटा कार्यक्रम गरिने वरिष्ठ कृषि अधिकृत थापा बताए । २०७३/०७४ देखि संचालन भएको गहुँ सुपरजोन चौथो आर्थिक बर्षमा प्रवेश गरेको छ । हाल गहुँ सुपरजोनमा २८१ समूह १७ कृषि सहकारी सुचिकृत भएको कृषि अधिकृत टिकेन्द्र कुश्मीले बताए ।
त्यस्तै कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिकाको ५, ७, ८, ९, १०, ११ वडा र घोडाघोडी नगरपालिको १०, ११, १२ वडामा गहुँ सुपरजोनले कार्यक्रम गरिरहेको अधिकृत कुश्मी बताए ।













