नेकपाको सुदूरपश्चिममा स्थानीय कमिटिको टुंगो

धनगढी, २७ भदौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूर पश्चिम प्रदेश कमिटिले नौ वटै जिल्लाका स्थानीय कमिटिको टुंगो लगाएको छ ।

भाद्र २५ र २६ गते बसेको नेकपाको सुदूर पश्चिम कमिटिको बैठकले जिल्ला, नगर, पालिका र वडाको नेतृत्व, पदाधिकारी र सदस्यहरुको टुंगो लगाएको हो ।

पार्टीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन मार्फात नवगठित कमिटिका सदस्यहरुको शपथ ग्रहण असोज १५ गते भित्र हुने अध्यक्ष कर्ण बहादुर थापाद्धारा हस्ताक्षर बिज्ञप्ति सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटि सदस्य तथा सुदूर पश्चिम प्रदेश ईञ्चार्ज भीम रावलको पार्टीको विधान भन्दा बाहिर रहेर छुट्टा छुट्टै गतिविधि नगर्न अनुरोध गरे । उनले सर्वसम्मत रुपमा सबै कमिटिहरुको टुंगो लगाइएको समेत बताए ।