गौरीगंगा नगरपालिकाको वडा कार्यालयमा तोडफोड, वडाध्यक्षमाथि हातपात
चौमला, २६ भदौ, । अज्ञात समूहले कैलालीको एक वडा कार्यालयमा तोडफोड गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका २ को कार्यालयमा दिउँसो १२ तिर तोडफोड गरिएको हो ।
पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुलमा क्षति भएको वडा अध्यक्ष जनकबहादुर साउँदले जानकारी दिए । कार्यालयमा बसिरहेको बेलामा अज्ञात समूहले आफुमाथी हातपातसमेत गरेको उनले बताए ।
उनले भने,” कार्यालय भित्र बसिरहेको अवस्थामा दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले सामानहरु तोडफोड गरि ममाथि हातपात गरे , प्रतिकार गर्न खोज्दा उनीहरु भागे । सबैले मास्क लगाएर आएको हुँदा चिन्न सकिएन ।” वडा अध्यक्षमाथि हातपात र सामान तोडफोड गर्ने अज्ञात समूहहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । फोटोः दिनेश खबरबाट













