मोर्चाद्धारा असोज ३ गते कलो दिन मनाउने

धनगढी, २४ भदौ । थरुहट÷थारुवान राष्ट्रिय मोर्चा क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनमा असोज तीन गते कालो दिन मनाउने निर्णय गरेका छन् । मंगलबार बलियामा भएको सम्मेलनले यस्तो निर्णय गरेको हो ।

प्रथम क्षेत्रीय सम्मेलनले मान बहादुर चौधरीको संयोजकत्वमा २५ सदस्यीय थरुहट थारुवान क्षेत्रीय मोर्चा गठन समेत गरेको छ ।

त्यसै गरि आदिवासी थारु, आदिवासी जनजाती, दलित, शिल्पी, मधेशी, मुस्लिम, अल्पसंख्यक, सिमान्तकृत, पिछडावर्गहरुको हक अधिकार समाबेश नगरुन्जेल नेपालको संविधान संविधान २०७२ अधुरो हुने मोर्चा जिल्ला संयोजक माधब थारुले बताए ।

उनले अपुरो संविधान आफूहरुको माग मुद्धालाई समाबेश नगरेको कारण संविधान घोषणा भएको दिनलाई अर्थात असोज तीनलाई कालो दिनको रुपम मनाउने निर्णय गरेको बताए ।

थारु कल्याणकारिणी सभा कैलालीको उपसभापति समेत रहेका थारुले अपुरो अधुरो, जनविरोधी, प्रतिगामी संविधान संशोधनको माग गर्दै असोज तीनलाई कालो दिनको संज्ञा दिने बताए ।