सन्तोष दहितको नेतृत्वमा थारु पत्रकार संघको कार्यसमिति चयन

चितवन, २२ भदौ । थारु पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिवेशनको चितवनको सौराहामा सम्पन्न भएको छ । महाधिवेशनका लागि भदौं २० गतेनै देशभरका थारु पत्रकार चितवनको सौराहा भेला भई अधिबेशन सम्पन्न गरेका हुन् । संघको देशभर १८ जिल्लामा शाखा छ । जहाँ करिब अढाईसय पत्रकार आवद्ध छन् ।

भदौं २१ गते सौराहा गैडाचोकस्थित थारु कल्चर हाउसमा महाधिवेशनको उद्घाटन हु्ने आयोजकले बताएको छ । कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन पूर्व प्रभातफेरि निकालिएको थियो ।

थारु पत्रकार संघ नेपालले सन्तोष दहितको अध्यक्षतामा दुई सदस्य मनोनयन गर्ने गरि १७ सदस्यीय नयाँ कार्य समिति सर्वसहमति चयन गरेको । जसमा महासचिब, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष क्रमश सन्त कुमार चौधरी, उन्नती चौधरी, कमल चौधरी, दुष्यन्त चौधरी रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा हेमन्त चौधरी, दिप्ती शिखा चौधरी, श्रीराम दहित, मधुरानी चौधरी, रेनु चौधरी, शम्भुप्र्रसाद थारु, राजु चौधरी, राम अवतार चौधरी, रामचन्द्र कुश्मी, चन्द्रिका चौधरी चयन भएका छन् ।