बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्वन्धी कार्यशाला
धनगढी,९ भदौं । धनगढी उप–महानगरपालिकाको नगरस्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्पन्धी कार्यशाला गोष्ठी शोमबार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको आयोजनामा भएको नगरस्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्पन्धी कार्यशाला गोष्ठीमा उप–महानगरका जनप्रतिनिधीहरु र बिभागिय प्रमुखहरु, जिल्ल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यसमितिका पदाधीकारी, बिपदका क्षेत्रका काम गर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा धनगढी उप–महानगरपालिकाको बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कस्को कुन ठाउँमा योगदान रहने भन्ने बारेका कार्यविभाजन समेत गरिएको थियो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिगतका सिकाई र भोगाईमा आधारीत भएर बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिने बताए । बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण आफैमा महत्वपूर्ण कार्य हो नगरप्रमुख वडले भने, यसका लागि प्राविधीकहरुलाई सहयोग गर्न म सबै जनप्रतिनिधी र कर्मचारीहरु संग आग्रह गर्दछु ।
बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्वन्धी योजना नहुदा बिपदको समयमा समस्या आउने गरेको बताउदै नगरप्रमुख वडले भने, बिपदमा काम गर्न सजिलो बनाउनका लागि नै बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माण कार्य भैरहेको छ ।













