थरुहट/थारुवान आन्दोलनको उद्घोष (घोषणापत्र सहित)

टीकापुर, ९ भदौं । टीकापुर घटनामा आरोपितहरुको मुद्धा फिर्ता नलिए आन्दोलन नरोकिने थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले बताएका छन् । पत्रकार सम्मेलन मार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

लक्ष्मण थारुले सबै पक्षलाई मिलाएर अगाडि बढ्ने जानकारी दिदै ‘यो आन्दोलन मेरो ब्यक्तिगत आन्दोलन होइन। हामी थारुको अधिकारका निम्ति आन्दोलन उद्‍घोष गरेको बताए ।

घोषणापत्रमा मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरेका छ । नयाँ संविधानका केही धारा, उपधारा संशोधन हुनुपर्ने, टीकापुर घटनाका राजवन्दीहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने, थरुहट स्वायत्त प्रदेश हुनुपर्ने, संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशी कार्यन्वय गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन घोषणा गरिएको छ ।

टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ। आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ। आजै पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरेको छ ।