थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
टीकापुर, ९ भदौं । टीकापुरमा सम्पन्न थरुहट थारुवान राष्ट्रिय सम्मेलनबाट थरुहट/थारुवान राष्ट्रिय मोचा गठन भएको छ । मोर्चका संयोजक थरुहट नेता लक्ष्मण थारु चयन भएका छन् ।
त्यसै गरि मोर्चाको प्रवक्त मिनराज थारु र महासचिबमा तुलसी थारु चयन भएका छन् । सम्मेलनले कञ्चनपुरदेखि झापा सम्मका थारु नेताहरुलाई समेतेर ७५ सदस्यीय कमिति गठन गरेकोे छ ।
साथै आज (सोमबार) दिउसो १ बजे पत्रकार सम्मेलन मार्फत थरुहट/थारुवान राष्ट्रिय सम्मेलन टीकापुर घोषणा पत्र जारी गर्ने आयोजकले जनाएको छ ।













