कस्तो हुदैछ टीकापुरमा हुने राष्ट्रिय सम्मेलनको तयारी

धनगढी, २७ साउन । टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव गतिमा भइरहेको छ ।

सम्मेलनको तयारी समितिका सदस्य माधब चौधरीका अनुसार टीकापुरमा २५ जिल्लाका कम्तिमा पनि ८ हजार थारु नेताहरुलाई उपस्थित गराउने तयारी रहेको बताए । त्यस्तै देशभरिबाट आदिवासीका सबालमा बोल्दै आएका अगुवाहरुको पनि उपस्थिति हुनेगरि कार्यक्रम तयारी गरेको बताए ।

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई बसल्नाकोलागि टीकापुर नजिकका २७ वटा गाउँमा बस्ने व्यवस्था मिलाएको छ । कार्यक्रमकोलागि सिटी हल बुक भईसको माधब चौधरीले जानकारी दिए ।

टीकापुर उद्योग बाणिज्यसंघले कार्यक्रम सफल पार्नकोलागि पुरै सहयोग गर्ने प्रतिबद्धता समेत जनाईसकेको चौधरीले बताए ।

जिल्ला प्रसाशन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कार्यक्रमलाई मर्यादित बनाउनकोलागि आयोजकले कार्यक्रमको खाका उपलब्ध गराई दिए प्रसाशनलाई सुरक्षा व्यवस्थाकोलागि तयारी गर्न सजिलो हुने बताए ।

उनले टीकापुरका मान्छेमा अहिलेपनि एक खालको भय कायमै रहेको बताउदै सम्मेलनले टीकापुरमा सामाजिक सद्भव होस् भन्ने चहाना होस् भनि सबैले आफ्नो ठाउँबाट सहयोग गरिदिन अनुरोध गरे ।

सुरक्षा निकाय बलियो बनाउनकोलागि टीकापुरको प्रसशानसंग पनि समन्वय र सहकार्य भईरहेको प्रजिअ बोहराले जानकारी दिए । कार्यक्रम भदौ ७, ८ र ९ गते हुने भएको छ ।