अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा साईकल ¥याली

धनगढी, २७ साउन । २० औं अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर आईतबार धनगढीमा बृहत साईकल ¥याली भएको छ ।

धनगढी उप–महानगरपालिकाको अगुवाई तथा जिल्लामा क्रियाशील संघसंस्थाहरुको आयोजनामा ¥याली भएको थियो ।

धनगढी उप–महानगरपालिका कार्यालय परिसरबाट सुरु भएको ¥याली २० किलोमिटर यात्रा गरेका थिए । साईकल ¥यालीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड सहभागी भएका थिए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले साईकल ¥यालीका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्न खोजेको बताए । साईकल चढ्दा यूवाहरुको शारिरिक ब्यायम पनि हुने बताए ।