त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ९पुग्यो, २२ अझै बेपत्ता
२५ साउन, काठमाडौं । शुक्रबार त्रिशूलीमा बस खस्दा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सर्लाहीबाट काठमाडौ आउँदै गरेको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३, सलाङघाटस्थित त्रिशूली नदीमा बस खसेर दुर्घटना भएको थियो ।
घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास, सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन् । अर्का एकजना मृतकको भने सनाखत हुन सकेको छैन ।
बसमा बेपत्ता भएको यात्रुको खोजी कार्यमा जुटेको टोलीले चितवनको जुगेडीमा एक, मुग्लिनमा एक र देवघाटमा दुईजनाको शव फेलापरेको प्रहरीले जनाएको छ । उनीहरुको पनि सनाखत हुन सकेको छैन । प्रहरीले बसका चालक र दुईजना सहचालक रहेको जनाएको छ ।
४५ यात्रु बोकेको ना६ख ७४६९ नम्बरको बस बिहान साढे ३ बजेतिर सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । बसलाई क्रेनको सहायताले नदीबाट निकालेर किनारमा ल्याइएको छ । तर, बसभित्र कोही पनि नभेटिएको प्रहरीले जनाएको छ ।
बसमा सवारमध्ये २२ यात्री बेपत्ता रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकामध्ये १६ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
कुरिनटारस्थित सशस्त्र प्रहरी बलको गोताखोर टोलीसमेत परिचालन गरेर दुर्घटनाका बेपत्ताहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा सर्लाहीको मलंगवाबाट चलानी हुँदा ३८ जना यात्री रहेको प्रहरीले जनाएको छ । बसका यात्रीकाअनुसार बाटोमा केही यात्री थपिएका थिए ।
काठमाडौं । शुक्रबार त्रिशूलीमा बस खस्दा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । सर्लाहीबाट काठमाडौ आउँदै गरेको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३, सलाङघाटस्थित त्रिशूली नदीमा बस खसेर दुर्घटना भएको थियो ।