धनगढी बम काण्डका घाइते सेरेला अस्पतालबाटै पक्राउ
धनगढी, २१ साउन । धनगढीमा भएको बम बिस्फोटमा परि घाइते भएका लक्ष्मण सेरेलालाई अस्पतालबाटै पक्राउ गरेको छ । कञ्चनपुरको बेलडाँडी घर भएका सेरेलाको उपचार पश्चात प्रहरीले पक्राउ गरेको छ।
गत साउन २ गते भएको धनगढी बिस्फोटमा परि घाईते भएका थिए । उनको उपचार माया मेट्रो अस्पतालमा भईरहेको थियो । अस्पतालले आज डिस्चार्ज गरे लगत्तै प्रहरीले पक्राउ गर्यो । उनको उपचार प्रहरीको निगरानीमै भईरहेको थियो।













