टीकापुरमा हुने राष्ट्रिय सम्मेलनलाई नमूना बनाउनु पर्छ : प्रजिअ बोहरा
धनगढी, १९ साउन । थरुहट/थारुवान संयुक्त संघर्षले कैलालीको टीकापुरमा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनको तयारी तिब्र भईरहेको छ ।
तयारीको क्रममा आयोजक समिति र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक सुदिप गिरी, सशस्त्र एसपी र राष्ट्रिय अनुसन्धान कैलालीका प्रमुखसंग बृहट छलफल भएको थियो ।
छलफलमा प्रजिअ बोहराले टीकापुरमा हुन गईरहेको सम्मेलनलाई नमूनाकै रुपमा बनाउनकोलागि प्रसाशनबाट शान्ति सुरक्षामा कमी हुन नदिने बताए ।
टीकापुर घटनापछि थारु पहाडी विच सद्भाव कायम गर्न शान्तिपूर्ण सम्मेलनको गर्नु राम्रो पक्ष रहेको बताए । टीकापुर घटना भदौं ७ गते भएको कारण सम्मेलन पनि ७ गते नै राखिएकोले केही व्यक्तिहरु डराउनु कुनै नौलो कुरा होईन तर सम्मेलनलाई शान्तिपूर्ण र मर्यादित तरिकाले सफल पार्नकोलागि आयोजक समितिले एकदमै जिम्मेवार रहन आग्रह गरे ।

त्यसै गरि सम्मेलन आयोजक समितिका संयोजक लक्ष्मण थारुले सम्मेलनलाई मर्यादित तथा शान्तिपूर्णतरिकाले सफल पार्नकोलागि सबै राजनीतिक दल, पत्रकार, व्यापारी, सुरक्षाकर्मीहरुसंग छलफल तथा सहकार्य भईरहेको बताए ।
उनले सम्मेलन अवधिभरि शान्तिसुरक्षाकोलागि प्रजिअसंग अग्रह गरे भदौ ७, ८ र ९ गते हुने सो सम्मेलनको तयारी तिब्ररुपले अगाडी बढिरहेको जानकारी दिए थरुहट यूवा नेता माधव चौधरीले टीकापुरको सामाजिक सद्भावलाई थप मजबुत बनाउने उदेश्यले सम्मेलनको आयोजना गरिरहेको बताए ।
छलफलमा सम्मेलन व्यवस्थापक समितिका संयोजक राम प्रसाद थारु, थारु नागरिक समाजका बसन्ती चौधरी, थारु कल्याणकारिणी सभा कञ्चनपुरका उप सभापति सुनिता चौधरी, राजपाका फोनिराम चौधरी, आदीवासी जनजाती महासंघका प्रदेश उपाध्यक्ष रामकुमारी चौधरीको सहभागिता रहेको थियो ।













