वातावरण संरक्षणमा जिम्मेवार बनाउन एभरेष्टद्धारा वृक्षारोपण
अत्तरीया, १९ साउन । एभरेष्ट एकेडेमी अत्तरीयाले ऐश्वर्य वातावरण संरक्षणमा जिम्मेवार बनाउन वृक्षारोपण गरेको छ ।
सामुदायिक वन परिसरमा एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षकहरु तथा सामुदायिक वनका सदस्यहरु मिलेर वृक्षारोपण गरेका हुन् हो ।
सामुदायिक वनका सचिव यावी राउतले सिसम, लिप्टीस, खयर, बेल लगायतका पाँच सय विरुवाहरु रोपिएको जानकारी दिए ।
एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीले जलवायु परिवर्तनलाई न्यूनीकरण तथा वातावरण संरक्षणमा सबैलाई जिम्मेवार बनाउन वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको बताए ।

नेपाल सरकारको वृक्षारोपण वर्ष २०७६ को लक्ष्यलाई सहयोग गर्ने उदेश्यले अभियानको रुपमा वृक्षारोपण गरेको चौधरीले बताए ।














