अतिविपन्नलाई बाख्रा पालनमा सहयोग

धनगढी, १५ साउन । दलित महिला अधिकार मञ्च नेपालले गौरीगंगा नगर पालिका वडा नम्बर १० र ११ का अति विपन्न समुदायलाई आर्थिक दिगोपार्जनकोलागि ६० वटा बाख्रा वितरण गरेको छ ।

मञ्चले डिसिए परियोजना अन्र्तगत उपहार कार्यक्रममा पहिलो चरण ३० घरधुरीलाई प्रति घर दुई वटाका दरले ६० वटा बाख्रा वितरण गरेको हो ।

बाख्रा पाउनेमा विर्मादेवि सार्की, राजदेवि सुनार, सरुदेवि भूल, देबी नेपाली लगायत ३० जना रहेका छन् । मञ्चले सो क्षेत्रका समुदायको आर्थिक शसक्तिकरणको लागि विगत दुईवर्ष देखि खुकुरा पालन कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक रोशा थापाले जानकारी दिईन् ।

उनका अनुसार दलित महिला अधिकार मञ्च नेपालले दलित महिला, सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणसंगै वकालत पैरवी तथा स्थानीय निकायमा उनीहरुको स्रोत पहिचानको लागि विभिन्न किसिमका तालिम गोष्ठीहरु सञ्चालन गर्दै आईरहेका बताईन् । मञ्चले कैलारी गाउँपालिकाका दलित तथा विपन्न समुदायलाई १ सय २३ वटा बाख्रा छिट्टै नै उपलब्ध लगाउने थापाको बताईन् ।