महिनाबारी नबार्नेलाई स्थानीय सरकारले पुरस्कार दिने

धनगढी, १४ साउन । डोटी जिल्लाका केही स्थानीय तहहरूले आफ्नो क्षेत्रको छाउपडी प्रथा अन्त्यकालागि महिनाबारी नबार्नेलाई पुरस्कार दिने । स्थानीय सरकारले सो प्रथा अन्त्य गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महीनावारी नबार्ने महिलालाई पुरस्कार स्वरुप पैसा दिने घोषणा गरेको छ ।

उक्त गाउँपालिकाले महिनाबारी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । उनले भने “हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, महिनाबारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिनेछौँ ।”

यति मात्र नभई सो गाउँपालिकाले अबदेखि महीनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवासुविधा पनिबा बञ्चित गर्ने घोषणा गरेको छ ।