भदौं ७ को तयारीकालागि व्यवस्थापन समिति गठन
धनगढी, १२ साउन । टीकापुरमा सम्पन्न थारुहरुको भेलाले आउँदो भदौ ७, ८ र ९ गते टीकापुरमा हुन गईरहेको थारुहरुको बृहत् राष्ट्रिय भेलाको लागि व्यवस्थापन समिति गठन गरिएको छ ।
टीकापुर घटनामा ४२ महिन जेल जीवन विताएर निस्केका राम प्रसाद चौधरीको संयोजत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति गठन भएको हो ।
जसमा लाल विर चौधरी, विकास चौधरी, रुपलाल चौधरी, लैटन चौधरी, शिव नरायण चौधरी, संगम चौधरी, कलविर चौधरी, प्रतिक्षा चौधरी, लक्ष्मण किशोर चौधरी, रामफल चौधरी, फोनिराम चौधरी, टीकाराम चौधरी, सबिता चौधरी, सुन्दर चौधरी, चन्दर चौधरी, चुन्नी चौधरी, शंकर चौधरी, दिनेश चौधरी, जनक चौधरी, भगतराम चौधरी, जय प्रकाश दहित, सर्मिला कुश्मी, दिलकुमारी चौधरी, आरती चौधरी, केवल चौधरी, दिलिप चौधरी, सुन्दर चौधरी, आशिष चौधरी, सुनिता चौधरी, अशोक चौधरी, देशराज चौधरी, राम जिवन चौधरी, लालबहादुर चौधरी, रजनी चौधरी सुन्दर चौधरी, माधब चौधरी, बसन्ती चौधरी, लाहुराम चौधरी लगायत रहेका छन् ।
उक्त व्यवस्थापन समितिले विभिन्न उप समिति गठन गरि भेलाका तयारी तिब्र गतिमा भईरहेको थरुहट नेता लक्ष्मण थारुले बताए ।
लक्ष्मण थारु टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर निस्किएका हुन् । उहाँकै पहलमा ८ बुँदे मागसहित थरुहट आन्दोलनको घोषणा समेत भईसकेको छ । भेलामा देशभरिका थारु नेताहरुको उपस्थितिसंगै अन्तराष्ट्रियमा रहेका थारु नेताहरुलाईपनि निमन्त्रणा गर्ने तयारी भईरहेको आयोजकले जनाएको छ ।
सो भेलामा पचासौं हजारको संख्यामा थारुहरुलाई सहभागिताको लागि अह्वान समेत गरिएको छ । भेला शान्तिपूर्णरुपले सम्पन्न गर्नकोलागि जिल्लाको प्रसाशान तथा सम्बन्धित निकायसंग छलफल भईरहेको थारु कल्याणकारीणि सभा कैलालीका उप सभापति माधब थारुले जानकारी दिए ।













