धनगढीमा सावन २० गते गुरही पर्व मनाइने
धनगढी, १० सावन । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्व धनगढीमा भब्यताका साथ मनाउने भएको छ ।
थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व यहि सावन २० गते धनगढीको गुरही चौकमा भब्यताका साथ मनाउने भएको हो । विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा धनगढीमा सामूहिक रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि चाडपर्व संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाउने भएको हो ।
यहि बिच पर्वलाई भब्ययताका साथ मनाउनका लागि बिहीबार धनगढीमा सखी सञ्जाल कैलालीकी उपाध्यक्ष उन्नती चौधरीको अध्यक्षतामा भएको छलफलले गुरही पर्व २०७६ मूल आयोजक समिति तथा उपसमिति बनाएको छ ।
सञ्जालकी उपाध्यक्ष उन्नती चौधरीको संयोजकत्वमा बनेको मूल आयोजक समितिमा बसन्ती चौधरी, अन्जु चौधरी, देउमति चौधरी, प्रेम चौधरी, राजकुमारी चौधरी, ठाकुर प्रसाद करिया प्रधान, माधव चौधरी सदस्य रहेका छन् । त्यस्तै सदस्यहरुमा निर्मला चौधरी, चन्द्र चौधरी, दिलबहादर चौधरी, ललिता चौधरी, सरस्वती चौधरी, दुर्गा कुश्मी, गीता चौधरी रहेका छन् ।
प्रचारप्रसार समितिमा दिलबहादुर चौधरी, प्रेम चौधरी, ठाकुर प्रसाद करिया प्रधान रहेका छन् । त्यस्तै मञ्च व्यवस्थापन समितिमा माधव चौधरी र राजकुमारी चौधरी रहेका छन् । गुरही सामाग्री संकलन समितिमा निर्मला चौधरी, देउमति चौधरी, अन्जु चौधरी, ललिता चौधरीm, सरस्वती चौधरी रहेको छन् ।
सल्लाहकार समितिमा प्रभात कुमार चौधरी, रामदास चौधरी, जोहारी लाल चौधरी, पुरन चौधरी, फोनीराम चौधरी, इन्दिरा चौधरी लगायत रहेका छन् भने सांस्कृतिक समितिमा चन्द्र चौधरी, आर्थिक संकलन समितिमा बसन्ती चौधरी, फोनीराम चौधरी लगायत रहेका छन् ।
थारु समुदायको चाडको शुरुवातको रुपमा गुरहीपर्व लाई लिइने गरिन्छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।
थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।













