विभिन्न विधाका खेलाडीहरुलाई सम्मान
अतरिया, ९ साउन । गोदावरी नगरपालिका र एभरेष्ट एकेडेमी अत्तरीयाले गोदावरी नगरक्षेत्र भित्रका खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा कराँते, तेक्वान्दो र कवडी खेलका विद्यार्थी खेलाडीहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रम एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख हरि सिंह रहेका थिए भने विशिष्ट अतिथिमा निर्वाचन क्षेत्र नं. ५ का प्रमुख प्रशिक्षक अत्तरीया डोजाका सचिव डम्वर साउँद, कैलाली जिल्लाका प्रमुख प्रशिक्षक हिक्मत गुरुङ्ग रहेका थिए ।
कार्यक्रममा प्रमुखले खेलले युवाहरुलाई स्वस्थ, तन्दुरुस्त र अनुशासित रहन सहयोग गर्ने कुरा बताउनु भयो । त्यसै गरी खेलकुदले खेलाडी, नगर तथा देशलाई चिनाउन ठुलो भुमिका खेल्नुका साथै समाजमा रहेका कुरीति कुसंस्कारको न्युनीकरण गर्न सकिने बताए । उनले सबै खेलाडीहरुको उज्वल भविष्यको कामना समेत गरेका थिए ।
कार्यक्रममा ११औं राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजयी खेलाडी, दोस्रो उपराष्ट्रपति रनिङ्ग प्रतियोगिताका विजयी खेलाडी, त्यसै गरी आठौं आरवीए अन्तरराष्ट्रिय प्रतियोगिता कार्यक्रमका सहभागी तथा विजयी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

कराँते प्रशिक्षक डम्बर साउँद र एकेडेमीका शिक्षक बासुदेव जोशीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँते तर्फका खेलाडीहरुमा हरेन्द्र नाथ, सागर सिंह, रोशन भाट, आनन्द विक, सन्तु भट्टराई, मिना विक, दिनेश भट्टराई, धन बहादुर विष्ट रहेका थिए । तेक्वान्दो तर्फ प्रतीक्षा शाही, लक्ष्मी विष्ट, सुजन वोहरा, सत्कार विष्ट लगायतका खेलाडीहरु रहेका थिए ।
त्यसै गरि आरवीए अन्तरराष्ट्रिय कराँते प्रतियोगितमा पदक प्राप्त गर्ने खेलाडीहरुमा आषिक पण्डित, आषिका पण्डित, करन गुप्ता, सन्तु भट्टराई, हरेन्द्र नाथ र सागर सिंह रहका थिए । साथै जिल्ला स्तरीय कपर्दी प्रतियोगितामा प्रथम हुने खेलाडीहरु दिनेश शर्मा, दिलिप कार्की तथा भरत रोकायालाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा मालाखेती प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक चेत वुढाऐर लगायत विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन एकेडेमीका सहायक प्रिन्सिपल धर्म राज भट्टले गरेका थिए ।













