जैविक तरकारी खेतीकोलागि आर्थिक सहयोग
धनगढी, ८ साउन । नेपालमा जैविक तरकारी खेतीका लागि अमेरिकामा रहेको सुदूरपश्चिमेली महिलाहरुको संस्था विसकान्सीन गौरा समाजले आर्थिक सहयोग गरेको छ ।
गौरा समाजले समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाललाई १ लाख २५ हजार नेपाली रुपियाँको चेक हस्तान्तरण गरेको छ ।
जसमध्ये विसकान्सीन निवासी ऋषिका जोशीले आफुले प्राप्त गरेको पुरस्कार बाट ५० हजार सहयोग गरेकी हुन । चेक धनगढी उप–महानगरपालिकाका उप–प्रमुख र गौरा समाजका प्रतिनिधी कुल बहादुर खड्काले समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाल सुदूरपश्चिम प्रदेश संयोजक बेद अवस्थीलाई हस्तान्तरण गरेका हुन ।

समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाललाई सो रकम जैविक तरकारी खेतीका लागि नेट हाउस निर्माण गर्न भनेको छ । रकम धुम्ती कोषको रुपमा विकास गर्न पनि भनिएको छ । रकम हस्तान्तरण गर्दै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले अधिकारका साथै एकल महिलाहरुलाई आर्थिक रुपले सशक्तिकरण गर्नका लागि अमेरीकामा रहेको गौरा समाजले गरेको सहयोगले ठूलो योगदान पुग्ने बताईन ।
गौरा समाजका प्रतिनिधी कुल बहादुर खड्काले नेपालमा एकल महिलाहरुका समस्या बुझेका कारण उनिहरुलाई सक्षम बनाउन गौरा समाजले सहयोग गरेको बताए । समावेशी तथा दिगो सामुदायीक विकास केन्द्रले धनगढी उप–महानगरपालिका १५ मा ८ कठ्ठा जमिनमा नेट हाउस निर्माण गरेर जैविक तरकारी खेती गर्दै आएको छ ।













