नेकपा कैलालीको जिल्ला ईन्चार्जमा रुपा चौधरी सहित १० जिल्लामा महिला छनौट (नामवली सहित)
धनगढी, ६ साउन । नेकपाले कैलाली जिल्ला इन्चार्ज रुपा चौधरीलाई छनौट गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीले भूगोल र महानगरसहित ८३ जिल्लामध्ये १० जिल्लामा महिला इन्चार्ज तोकेको छ। जसमा भूगोलतर्फका ८ जिल्ला र २ महानगर जिल्लामा महिलाले इन्जार्चाको जिम्मेवारी पाएका छन्।
कैलालीमा तोकिएका सात सह इन्चार्जमध्ये दुईजना महिला परेका छन् । जसमा रुपा चौधरी इन्चार्ज र सुदूरपश्चिम प्रदेशको राजधानी पनि रहेको कैलालीमा गरिमा शाह र लिलाकुमारी भण्डारीले सह इन्चार्जको जिम्मेवारी पाएका हुन्। नेकपाले रेणु चन्दलाई बैतडीको सह इन्चार्ज बनाएको छ। गौरी ओली डोटी, निरादेवी जैरुलाई डडेलधुरा र कञ्चनपुरमा संसदीय समितिकी सभापति निरु पाल सह इन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यसै गरि दोलखामा देवी खड्का इन्चार्ज र रचना खड्का सह इन्चार्ज तोकिएका छन्। तेह्रथुममा भोजपुरकी जयन्ती राई इन्चार्ज भएकी छन्। यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा भूमिसुधार मन्त्रीसमेत रहेकी पद्मा अर्याल, बाग्लुङमा बलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज तोकिएका छन्।
जिल्ला कमिटीकै हैसियत रहेको भरतपुर महानगरपालिकामा रेणु दाहाल इन्चार्ज तोकिएकी छन्। त्यसैगरी ललतिपुर महानगरपालिकाको सह इन्चार्जमा सुशीला नेपालले जिम्मेवारी पाएकी छन्।
जिल्ला इन्चार्ज पाउनेमा संघीय संसदको समिति निरु पाल, पूर्णकुमारी सुवेदी र कल्याणी खड्काले जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकिएका हुन्। नेकपाले काठमाडौंमा बनाएका ९ सह इन्चार्जमध्ये दुईजना अञ्जना विसंखे र पार्वती थापा हुन्।
नेकपाले झापामा सह इन्चार्ज बनाएका तीनमध्ये धर्मशीला चापागाई एक हुन्। यता सुनसरीमा पाँच सह इन्चार्जमध्ये रामकुमारी चौधरी पनि परेकी छन्। खोटाङमा समिता कार्की, उदयपुरमा मन्जुकुमारी चौधरी तोकिएका छन् ।
नेकपाले सबैभन्दा धेरै सह इन्चार्ज सिरहामा तोकेको छ । जहाँ १० जना सह इन्चार्जमध्ये रामरतिदेवी र सीता पोखरेल सह इन्चार्ज बनेका छन्। धनुषामा नेकपाले ९ सह इन्चार्ज मध्ये जुलीकुमारी महतो र बोधमाया कुमारी यादव, सर्लाहीमा चार सहइन्चाजमध्ये कमलादेवी महतो सह इन्चार्ज भएकी छन्।
रौतहटमा कल्याणी खड्का र सरलाकुमारी यादव, सिन्धुलीमा तीन सह इन्चार्जमध्ये उमा कोइरालाले जिम्मेवारी पाएकी छन्। त्यसै गरि दोलखामा इन्चार्ज, सह इन्चार्ज दुवै महिला तोकिएका छन्। जसमा दवी खड्का इन्चार्ज र युवा नेत्री रचना खड्का सह इन्चार्ज भएका छन् ।
प्रदेश ३ को राजधानी मकवानपुरमा कुमारी मोक्तान सह इन्चार्ज भएकी छन् । हिमाली जिल्ला रसुवामा विमला सुवेदी इन्चार्ज भएकी छन्। अर्कातिर चितवनका तीन सह इन्चार्जमध्ये गंगा बेलबासे र ज्ञानुदेवी बस्नेत सुवेदी तोकिएका छन्।
नेकपाले स्याङ्जामा सीता सुन्दासलाई सह इन्चार्ज बनाएको छ । यो जिल्लामा मन्त्री पद्मा अर्याल इन्चार्ज तोकिएकी छन्। गण्डकी प्रदेशकै बागलुङमा इन्चार्ज, सह इन्चार्ज दुवै महिला भएका छन् । त्यहाँ बलावती शर्मा इन्चार्ज र मनकुमारी केसी सह इन्चार्ज बनेकी छन् ।
श्रीमाया थकाली हिमालपारीको जिल्ला मुस्ताङको इन्चार्ज भइन्। नेकपाले गण्डकी प्रदेशको राजधानी कास्कीको सह(इन्चार्जमा सीता गिरीलाई तोकेको छ। त्यसैगरी गोरखाको सह इन्चार्जमा सुशील सिंखडा तोकिइन् भने आशा कोइरालाले तनहुँ सह इन्चार्जको जिम्मेवारी पाएका छन्।
नेकपाले प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा सुशीला श्रीपाइलीलाई सह इन्चार्ज तोकेको छ । प्रदेश ५ का मुख्यमन्त्रीको जिल्ला दाङमा ९ जना सह इन्चार्ज बन्दा तीनजना महिला परेका छन्। जसमा नारायणी शर्मा, शान्ता चौधरी र दामाकुमारी शर्माले उक्त जिम्मेवारी पाएका हुन्।
नेकपाले रूकुम पूर्वको सह इन्चार्जमा कमला रोक्कालाई तोकेको छ। रोल्पाको सह इन्चार्जमा ताराकुमारी घर्तीले अवसर पाएकी छन्। यता बाँकेमा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी सह इन्चार्ज तोकिएकी छन्।
इन्चार्ज
१. जयन्ती राई
२. विमला सुवेदी
३. देवी खड्का
४. साबित्रा भुसाल
५. रेणु दाहाल
६. शुशीला नेपाल
७. पद्मा अर्याल्
८. रुपा चौधरी
९. श्रीमाया थकाली
१०. बलावती शर्मा
सह(इन्चार्ज
१. धर्मशीला चापागाई
२. दुर्गा जयन्ती राई
३. समिता कार्की
३. मञ्जु कुमारी चौधरी
४. रामरतीदेवी राम
५. सिता पोख्रेल
६. बोधमाया कुमारी यादव
७. कमलादेवी महता
८. कल्याणी कुमारी खड्का
९. सरला कुमारी यादव
१०.ज्वालाकुमारी शाह
११. गंगाकुमारी बेलवासे
१२. ज्ञानु बस्नेत सुवेदी
१३. कुमारी मोक्तान
१४. रचना खड्का
१५. उमादेवी कोइराला
१६. अञ्जना विसंखे
१७. पार्वती थापा
१८. सुशीला सिम्खडा
१९. आसा कोईराला
२०. सिता गिरी
२१. शारदा सुवेदी
२२. मनाकुमारी जिसी केसी
२३. विमला घिमिरे
२४.सुशीला श्रीपाईली ठकुरी
२५ दामाकुमारी शर्मा पोख्रेल
२६. शान्ता चौधरी
२७. रेणु चन्द
२८. मदनकुमारी ९गरिमा० शाह
२९. लिलाकुमारी भण्डारी
३०. गौरी ओली













