विभेद रहित समाज निर्माणकोलागि कुरीतिको अन्त्य गर्न जरुरी

धनगढी, ५ साउन । कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रममा सार्वजनिकिकरण कार्यक्रममा विभेद रहित समाज निर्माणकोलागि कुरीतिको अन्त्य गर्न जरुरी रहेको बताइएको छ ।

भौतिक पूर्वधार प्रविधि र विकासको गुणत्मक ग्रीन र स्मार्ट गाउँपालिका निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।

कैलारी गाउँपालिकालाई स्र्माट बनाउनका लागि विभिन्न कुरीति, कुससंस्कार, र कुप्रथाको अन्त्य गरि विभेद मुक्त समाजको निर्माण गरिने बताइएको छ । बाल बिबाह, बहुबिबाह, छाउपडी प्रथा, दाईजो प्रथा र बोक्सी प्रथा जस्ता कुरीतिहरुलाई तीन वर्ष भित्र न्यूनिकरण गर्ने उल्लेख गरिएको छ ।

त्यसै गरि एकिकृत विकास र सद्धभाव कायम गर्नकालागि विभिन्न सरोकारका व्यक्तिहरुको सकारात्मक सोचको विकास गर्ने, कैलारी गाउँपालिकाका समुदायको आर्थिक सशक्तिकरणको लागि बाख्रा पालन, कुखुरा पालन, बंगुर पालन, मौसमी तथा बेमौसमी तरकारी खेति, विभिन्न खाले हस्तकलाको सीप प्रर्दान गरि औद्योगिक क्षेत्र निर्धारण गर्ने छ ।

कैलारी गाउँपालिका थारु बाहुल क्षेत्र रहेकोले बढी मात्रमा देखिएको सिकलसेल एनिमिया रोग परिक्षणको लागि हरेक व्यक्तिको रगत परिक्षण गर्ने, थारु तथा गैर थारुहरुको कला साहित्य संस्कृतिको विकास प्रर्वद्धन तथा जर्गेना गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य रहेको नीति तथा कार्यक्रमा समाबेश गरिएको ।

कैलारी गाउँपालिकाले जनसंख्याको अधारमा बढि जसो थारु भाषा नै प्रयोग गर्ने गरेकोले गउँपालकाको वयबसाईड पनि थारु र नेपाली भाषामा अपडेट गरिरहेके जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि सांसद गौरी शंकर थारु, त्यसै गरि विशिष्ट अतिथि सांसद बिरमान चौधरी रहेका थिए । कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाई ह्यूल चियर वितरण गरिएको थियो । साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान प्रर्दान गरिएको थियो ।