नागरिकता बनाउँदा व्यवहारिक कठिनाई बारे अभिमुखिकरण

धनगढी, ४ साउन । नागरिकता बनाउँदा व्यवहारिक कठिनाई तथा कानूनी प्रक्रियाबारे दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा कैलारी गाउँपालिका वडा अध्यक्षहरु सो अभिमुखिकरण कार्यक्रममा सहभागी भएका छन् ।
सेवा दिने निकायले सिफारिस गर्दा साना साना कुरामा ध्यान नदिदा सेवाग्राहीहरु धेरै दुख खेप्नुपर्ने भएको बताउछन् जिल्ला प्रसाशन कार्यालय कैलालीका नागरिकता फाँटका प्रशासकिय अधिकृत विकास लम्साल ।

उनले भने नागरिकताकोलागि सिफारिस गर्दा सेवा ग्राहीको कागजातको आधारमा अनुसुचि भर्न भर्न वडा अध्यक्षहरुलाई सुझाब दिए ।अनुसुचि भर्दा धेरै कागज नहेरी सोधेर लेख्ने चलन भएको कारण सेवाग्राहीको नागरिकतामा गल्ती हुने गरेको बताए ।

कैलाली जिल्लामा धेरै जसोको जन्मदर्ता प्रमाणित गरि नागरिकता बनाउने गरेकोले पनि केही गल्तीहरु भेटिएको बताउदै नागरिकताको सिफारिस दिनेबेला विबाह दर्ता जन्म दर्ता अनिबार्य बनाउन लगाउने बताए ।

वडा अध्यक्षहरु कामको चापलेगर्दा कहिले छाप त कहिले हस्ताक्षर विर्सेको कारण नागरिकता फाँटबाट फिर्ता भएको सेवाग्राही विना कारण दुख पाउँने गरेको अधिकृत लम्सालले बताए ।

कैलालीमा अहिलेपनि व्यवहारिक कठिनाई तथा कानूनी प्रक्रिया थहाँ नपाएर धेरै जना नागरिकता विहिन भएको देखिन्छ । कार्यक्रम डिसिएको आर्थिक सहयोग सञ्चालन भईरहेको छ ।