धनगढीमा शक्तिशाली बम विस्फोट, पाँच जना घाइते
धनगढी, २ साउन । धनगढीमा शक्तिशाली बम बिस्फोट हुँदा पाँच जना घाईते भएका छनु । धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा भएको बिस्फोटमा परी पाँच जना गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।
घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । उनिहरुको पहिचान खुलेको छैन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
बिस्फोटको आवाज र क्षति धेरै भएकोले सिलिण्डर बम विस्फोट भएको हुन सक्ने बताइएको छ । विस्फोट सकैले गराएको हो वा आफै भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घाइते हुनेमा निलम होटलका संचालक बझाङ घर भएका केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयकाले जनाएको छ । उनीहरुको ठेगना भने खुल्न सकेको छैन्।
घटनास्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको संचारमाध्यमहरुलाई जानकारी दिए ।













