आफ्नै पालोमा मुक्त कमैयाहरुको व्यवस्थापन गर्छैः कृषि मन्त्री

धनगढी, २ साउन । कमैया मुक्ति दिवस समारोहलाई सम्बोधन गर्दै भूमि, व्यवस्थ कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले आफ्नै पालोमा मुक्त कमैयाहरुको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाईन् ।

कमैया प्रथा उन्मूलन समाज, मुक्त कमैया महिला जागर मञ्च, मुक्त कमैया समाज र मुक्त कमैया महिला समाजको संयूक्त आयोजनामा भएको १९ औं कमैया मुक्ति दिवसमा कृषि मन्त्री चौधरी यस्तो बताईन् ।

प्रदेश सरकारले मुक्त कमैयाहरुलाई पुनस्र्थापनाकोलागि एकिकृत बस्ती निर्माणकोलागि ४ करोड रकम विनियोजन गरेको जानकारी दिईन् । कमैयाहरुलाई व्यवस्थित बसोबास, रोजगारीको सृजर्ना शिक्षा स्वास्थ्यकोलागि प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिईन् ।

कार्यक्रममा सहभागीहरुले सरकारको रबैयाप्रति असन्तुष्टि जनाउदै सरकारले हरेक वर्ष मुक्त कमैया पुनरस्थापनाका लागि निश्चित बजेट छुट्याउने गरेपनि काम हुन नसकेको बताए । अहिले स्थानीय तहलाई पुनस्र्थापनाको जिम्मेवारी दिएको छ । तर मुक्त कमैया बस्दै आएको जग्गा वन तथा सरकारको जग्गा भएकाले त्यसको समस्या समाधान गर्न स्थानीय सरकारलाई कठिन भएको मुक्त कमैयाहरुको बुझाई छ ।
सरकारले २०५७ साउन २ गते कमैयाहरुलाई दास प्रथाबाट मुक्त गरिएको थियो । तर कैलाली, कञ्चनपु, बाँके बर्दिया र दाङमा अझै पनि पुनःस्थापनाकोकाम सम्पन्न भएको छैन ।

कार्यक्रममा प्रदेश सांसद पूर्ण जोशी, प्रदेश सांसद चुनकुमारी चौधरी, प्रदेश सांसद कृष्ण चौधरी, प्रदेश सांसद मालामति रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरि राष्ट्रिय मानब अधिकार आयोगका झंकर रावल, समाजबादी पार्टीका गया कुश्मी, नेकपाका जिल्ला सचिब लालबहादर सोडारीले शुभकामना व्यक्त गरेका थिए ।

थारु कल्याणकारी सभाका उपसभापति माधब चौधरी दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरे, गैससका जिल्ला अध्यक्ष हेम कर्ण विक, महिला मानब अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष निर्मला बाग्चन्द लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अधिवक्ता जोहारी चौधरीले वर्तमान अवस्थामा मुक्त कमैयाहरुको पुनस्थापनाको अवस्था कस्तो छ भन्ने विषयमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए । कमैया महिला जागरण समाजका अध्यक्ष मिना चौधरीको सभा अध्यक्षतामा उन्नती चौधरीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।