जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
धनगढी, १ साउन । कैलाली प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा बुधबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको बेदकोट नगरपालिकाका २५ वर्षीय प्रवेश रानालाई पक्राउ गरेको हो ।
उनले धनगढीकी एक १६ वर्षीया युवतीलाई विवाह गर्छु भन्दै असार २९ गते ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिकामा पीडितलाई जबरजस्ती करणी गरी पीडक रानाले युवतीसंग भएको नगद तथा जिन्सी सामानसमेत लगेर भागेको भन्ने खबर आएपछि प्रहरी परिचालन गरेर पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनलाई गोदावरी नगरपालिकाबाटै पक्राउ गरिएको थियो । थप अनुसन्धानका लागि बुधबार अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।













