साउने सक्रान्तिमा हरियो चुरा
धनगढी, १ साउन । आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।
आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभरी हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल्ने गर्दछन् ।
तर पछिल्लो केही वर्ष यता साउने सक्रान्तिलाई हरियो चुरा र रातो मेहदीसंग जोडेर फेसनकै रुपमा विकृतिहरु मैलाउदै गईरहेको छ ।
महिलाहरु हजारौं रुपैयाँ खर्च गरेर हात भरि हरियो चुरा, मेहदी, हरियो रंगका कपडाहरु लगाउने र पति वर्त बस्ने अर्थात आफ्नो श्रीमानको दीर्घयूको कामना गर्ने अन्धविश्वा मान्न बाध्य छन् ।
महिला अधिकारको क्षेत्रमा काम गर्नेहरुले भने हरियो चुरा र मेहदीले विकृति फैलाईरहेको छ भन्दै फेसबुक मार्फत विचार व्यक्त गरिरहेका छन् । बजारमा भने असारको अन्तिम दिनदेखि नै हरियो चुरा र मेहदी लगाउनेको भिड हरेका छ ।













