फुट्की च्याउको सिजन
धनगढी, २५ असार । यो बेला जंगलमा पाईने फुट्की च्याउको सिजन आएको छ । फुट्की च्याउ खानामा एकदमै मिठो हुनुका साथै स्वाथ्यकोलागिपनि फाईदा जनक भएकोले च्याउ खोज्नेको चहलपहल बढेको हो । यो च्याउमा प्रोटिनको मात्र धेरै हुन्छ ।
पानी परेपछि भुइँमा फल्ने यो एक प्रकारको खान योग्य च्याउ प्रजाति हो, जुन, विषालु हुदैन । फुट्कीको तरकारी असाध्यै मिठो र पोषिलो मानिन्छ । फुट्कीको तरकारी स्वादिष्ट हुने गरेकाले जो कोही पनि यसको तरकारी खानका लागि ललायित हुने गरेको धनगढी उपमहा नगरपालिका वडा नं. ७ का रविता चौधरीले बताईन् ।
फुट्की च्याउ बर्खामामात्रै पाइने भएकोले फुट्की खोज्न विहानै जंगल जाने गरेको स्थानीय सिताराम चौधरी बताए । उनको श्रीमति हिजो (मंगलबार) विहानै आफ्ना साथीहरुसंग जंगल गएका थिए । दिउसो १२ बजे सम्म फुट्की खोज्दा एकलै ५ केजी सम्म भेटाएको बताए ।

जंगलमा पाइने अग्र्या्निक तरकारी रहेकाले फुट्की महँगोमा खरिद बिक्री हुने गर्दछ । विभिन्न जंगलबाट फुट्की खोजेर ल्याएकाहरु धनगढीमा यसलाई सुरुमा प्रति किलो ८०० रुपैयाँसम्म बिक्री गरे ।
अचेल प्रतिकिलो ४०० देखि ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । धेरै मिहिनेत गरेर खोज्नु पर्ने र मिठो पनि हुनाले फुट्की महँगो रहेको बताइएको छ । फुट्की स्थानीय नाम हो । यसलाई विभिन्न क्षेत्रमा पटपुर्रा, पटके च्याउ, कालो च्याउ भनेर पनि चिन्ने गरिएको छ ।
अहिले कैलालीको बसन्ता कोरीडोर, भारताल वन, बाह«वन लगायत विभिन्न सामुदायिक वनमा यो उत्पादन भइरहेको छ ।













