वर्षा तयारीकोलागि जातोमा दाल पिस्दै एक पुरुष

धनगढी, १७ असार । सामान्य तया हाम्रो समाजमा पानी पँधेरो, जातो, भात भान्छा महिलाहरुले नै गर्नुपर्छ भन्ने सोचाई छ । यस्ता काममा महिलाकै ठोक्का भन्ने हिसाबले हेरिरहेको समाजमा केही राम्रो सोच भएका पुरुषहरुपनि भेटिन्छन् ।

जेशीपुर गाउँपालिका वडा नं. ३ रामनगर मुक्त कमैया शिविरका एक पुरुष परम्परागत जातोमा दाल पिस्दै । रोपाई शुरुवाट गर्नु भन्दा पहिला थारु समुदायमा चामल तेल, दाल, खुर्सानी, नुन आदी २/३ महिना पुग्ने गरि संकलन गरेर राख्ने चलन छ । घरको काम होस् या घर बाहिरको काम यसरी नै महिला पुरुष मिलेर कामको बाँडफाँड गर्न आवश्यक छ । तस्वीर उन्नती चौधरी